परासी सेवा समाज युएईको दर खाने कार्यक्रम सम्पन्न

|

युएई /  परासी सेवा समाज युएईले नेपाली महिलाहरुको महान पर्व तिजको अवशरमा दर खाने कार्यक्रम युुएईमा भब्वयताका साथ मनाएको छ ।
सो कार्यक्रममा नेपाली पहिरनमा सजिएर नेपाली गीतमा नाचगान पनि गरिएको थियो । साथै नेपाली स्वादिष्ट खानाहरु पनि खुवाईएको थियो ।

सो कार्यक्रममा उत्कृष्ठ नाच्ने महिलालाई पुरुस्कारले सम्मान गरिएको थियो । सो दर खाने कार्यक्रमको सन्चालन परासी सेवा समाजका महासचिव कृष्ण बास्तोलाले गर्नुभएको थियो । सो कार्यक्रममा परासी सेवा समाज युएईका अध्यक्ष भुपराज डुम्रे लगायत संस्थाका अन्य पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

संस्थाको प्रमुख सल्लाहकार हरि प्रसाद न्यौपाने, सिता सापकोटा, सन्दिप प्रसा शर्मा र अस्मिता क्षेत्रीको शुभ जन्मदिनको परेकोले केक काटेर जन्म दिन पनि मनाईएको संस्थाको प्रचार प्रसार बिभाग प्रमुख  केदार तिवारी(केशब) ले जानकारी दिए ।

२०७८ भाद्र १८, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।