अमेरिका। अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्क शहरमा बस्दै आउनु भएका सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं. २ जुनवेशीका आङ गेलु लामा, उहाँकी पत्नी मिङमार शेर्पा र १९ महिनाका छोरा लोप्साङ लामाको मृत्यु भएको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जानकारी दिएको छ ।
अमेरिकामा हालसम्म ६ वटा राज्यमा भीषण वर्षा, बाढी र आँधीका कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छन् ।