
काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिकामा आजदेखि कोभिड विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाइने भएको छ । काठमाडौं महानगरले बुधबार सूचना निकालेर आज भदौ १० गते भेरोसेलको पहिलो डोज लगाइने जानकारी दिएको हो ।
महानगरका ३२ वटै वडाबाट बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने सूचनामा उल्लेख छ ।
खोपको पहिलो डोज लगाउनका लागि आफ्नो परिचय खुल्ने कागजातसहित वडास्थित खोप केन्द्रमा जान महानगरले आग्रह गरेको छ ।
ती बाहेक राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पनि खोप लगाउन सकिनेछ ।
पहिलो डोज लगाएको खोप कार्ड लगेर दोस्रो डोज लगाउन सकिनेछ । भदौ ११ गतेदेखि १३ गतेसम्म दोस्रो डोज लगाउन सकिने महानगरल जनाएको छ साथै भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई भोलि भदौ ११ गतेदेखि दोस्रो डोज दिइने पनि महानगरले जनाएको छ ।
४० वर्ष माथिका नागरिक, १८ वर्ष पूरा गरेका कक्षा ११-१२ मा अध्ययनरत विद्यार्थी र विश्वविद्यालय तहका परीक्षार्थीहरूलाई पहिलो डोज दिइने छ ।