तामाङ सोसाइटी अफ पेन्सलभेनियाको Summer BBQ कार्यक्रम सम्पन्न र मृगौला पिडितलाई सहयोग हस्तान्तरण

|

पेन्सलभेनियाको क्रियाशिल संस्था तामाङ सोसाइटी अफ पेन्सलभेनियाले यहि अगष्ट २२ गते आईतबार “Summer BBQ “ कार्यक्रम सम्पन्न भएको छ ।

यसै अबसारमा चितवन निबासी दुबै मृगौला पिडित बिष्णु माया स्याङतान लाई उपचारको लागि आर्थिक सहयोग जुटाएको छ ।

पेन्सलभेनियामा संख्यात्मक हिसाबले त्यति धेरै तामाङ जातिहरूको बसोबास नरहेता पनि तामाङहरुको एकरूपता र सहयोगि भावनाले सबैलाई लोभ्याएक छ ।

तामाङ सोसाइटी अफ पेन्सलभेनिया बाट संस्थागत $२००,व्यक्तिगत रुपमा अध्यक्ष कर्मछिरिङ मोक्तान $१००, उपाध्यक्ष वीरध्वज तामाङ $५०,सचिव कविलाल घिसिङ $५०,कोषाध्यक्ष पेमा लामा $५०,सदस्यहरु सुरेन योन्जन तामाङ $५०, रमेश घिसिङ $५०, ज्योति लामा $६०, मोहान मगर $५१, जयन्द्र लामा ५०, निस्चल लामा $५१, बलराम तामाङ $१०१, शान्ता लामा $५१ र मिना लामा $५० गरी जम्मा $९६८.०० सोसाइटीको अध्यक्ष कर्मछिरिङ मोक्तानले नबिन लामालाई नेपाल पठाई दिन कार्यक्रममा हस्तान्तरण गर्नु भएको छ ।

२०७८ भाद्र ६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।