तामाङ सोसाइटी अफ पेन्सलभेनियाले Summer BBQ कार्यक्रम गर्दै

|

पेन्सलभेनियाको क्रियाशिल संस्था तामाङ सोसाइटी अफ पेन्सलभेनियाले यहि अगष्ट २२ गते आईतबार “ Summer BBQ “ कार्यक्रम आयोजना गर्ने भएको छ ।

छोटो समयमानै तामाङ समुदायप्रति गरिएको बिभिन्न कार्यक्रमहरुले संस्थाको लोकप्रियता लाई अझ उचाइमा पुर्याएको छ ।
पेन्सलभेनियामा संख्यात्मक हिसाबले त्यति धेरै तामाङ जातिहरूको बसोबास नरहेता पनि तामाङहरुको एकरूपता र सहयोगि भावनाले सबैलाई लोभ्याएक छ ।

यस संस्थाको आजिवन सदस्य र साधारण सदस्यमा अन्य जातजातिका मानिसहरू पनि सहभागिता रहेको छ,कार्यक्रमको मुख्य उदेश्य भनेको भेटघाट रमाइलोको साथै सामुहिक भावनाको विकास गर्ने,आफ्नो पहिचान कायम गर्ने,पुस्ता हस्तान्तरण तथा सकारात्मक सन्देश दिने साथै सस्थाको आर्थिक अबस्था लाई मजबुत बनाउन Fund Raise गर्ने रहेको छ । यस कार्यक्रममा फिलाडल्फिया वरिपरी बसोबास गर्नुहुने सबैलाई निमन्त्रणा गरिएको छ ।

कार्यक्रममा भावि लक्ष्य , योजना , पारदर्शिता , आजिवन र साधरण सदस्यहरूलाई सम्मान पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष कर्म छिरिङ लामाले जानकारी गराउनु भएको छ ।

२०७८ श्रावण ३२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।