हैटीमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प

|

एजेन्सी । हैटीमा गएको ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर कम्तीमा तीन सय जनाको ज्यान गएको छ भने १८ सयभन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार चलिरहेको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पमा परेर हजाराैँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् ।

११ वर्षअघि पनि सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।

२०७८ श्रावण ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।