नेपाली अमेरीकन सम्पदा दिवसको 2021 नेपाल डे आयोजक समिती सबै संस्थापक सदस्य

|

नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको युगान्तकारी ऐतिहासीक दिन जेठ १५ (May 29 )लाई नेपालीहरूको घनावस्ती भएको ठाउॅ न्यूयोर्क राज्यसभा बाट “ Nepali American Heritage Day” को Resolution पास भएको दिनलाई हर्षोल्लासका साथ विधान सभा सदस्यहरूको उपस्थितीमा नेपाल सरकारको प्रतिनिधी सहित नेपाली संघसंस्थाहरूको व्यापक सहभागीतामा May 29 का दिन न्यूयोर्कमा “हाम्रो पहिचान हाम्रो गौरव” भन्ने मूल नाराका साथ “Nepal Day 2021 “ ऱ्याली सहीत महाउत्सव सम्पन्न भएको छ ।

नेपाली अमेरीकन समुदायको कला , भाषा , संस्कृती , पहिचानलाई स्थापीत गर्दै नेपालको प्राकृतिक , सास्कृतिक , ऐतिहासीक पहिचान , विभिधतायुक्त भित्रको सामाजिक एकताहरू विश्व समुदायलाई देखाउन र प्रचारप्रसार गर्दा गर्वका साथ सुन्दर नेपालको विकास र सम्मृद्वीमा टेवा पुऱ्याउने महान उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको छ।

गणतन्त्र दिवसको अवसरमा न्यूयोर्क सहरमा सन २०१६ देखी परेड सन्चालन हुदै आएकोमा विगत ३ साल देखी विवादित नेपाल परेड डे कार्यक्रमको सन्दर्भमा गत मे २७, २०२१ का दिन भएको तत्कालीन परेड संचालक , नेपाल परेड डे ईङक र फिप्ना विच भएको २ बुदे सममती पछी फिप्ना र एनआरएनए न्यूयोर्क च्याप्टर विचको सम्झौता पत्रमा हस्ताक्षर पछी आगामी दिन देखी नेपालको गणतन्त्र दिवसको अवसरमा न्यूयोर्क राज्यसभाले घोषणा गरेको Nepali American Heritage Day मनाउदै नेपाल परेड डे को ईतिहास जोड्दै एउटै कार्यक्रम सन्चालन गरेर जाने सहमतीको कार्यन्वयन र सन्देश यो वर्षको नेपाल डे २०२१ बाट सुरूवात भएको छ ।

नेपाली अमेरीकन समुदायको ऐतिहासिक दिनलाई संस्थागत रूपमा स्थापना गर्दै नेपाल डे संस्थापक आयोजक संरक्षण समिती निर्माण गरीएको छ ,जस अन्तर्गत ४३ वटा क्रियाशील सामाजिक संघ संस्थाहरू यसको संस्थापक रहेका छन् । नेपाली महावाणी दुतावास संरक्षक रहेको नेपाल डे को संस्थापक संयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरीका रहेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) तथा संस्थापक संयोजक- नेपाली अमेरीकन सम्पदा दिवस २०२१ , नेपाल डे आयोजक मूल समारोह समिति का अध्यक्ष-लोक चेम्जोङ ले नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)को पहलमा गणतन्त्र दिवसको अवसरमा नेपाल डे लाई राज्यसभा मार्फत पारीत गर्न प्रस्ताव गर्नुहुने New York State Assemblywoman Hon. Jenifar Rajkumar तथा समर्थन गर्नुहुने New York State assemblymen ( Speaker Pro Tempore) Jeffrion L. Aubry साथै न्यूयोर्क राज्य विधानसभा सम्पूर्ण सदस्यहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै यसको प्रस्ताव लेखनमा साथ दिनुहुने मित्रहरू , विधानसभा सदस्यहरूसंग सहकार्य गर्नुहुने साथीहरू साथै नेपाली अमेरीकन समुदायमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरूलाई आभार प्रकट गर्नुभएको छ ।

नेपालीहरूले अहिले सम्मकै राज्यको उच्चस्तर बाट प्राप्त गरेको यो सम्मानलाई नेपाली महावाणीज्य दुतावासको नेतृत्वदायी भुमिका साथै सम्पूर्ण आयोजक सदस्य संस्थाहरू,कलाकारहरू,आयोजक समिति सदस्यहरु, आयोजक उपसमितिका संयोजक तथा सदस्यहरु,सम्पुर्ण सहभागिहरु, संचारकर्मी,स्वयंसेवक सबैमा हार्दिक धन्यवाद सहित अध्यक्ष चेम्जोङले कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको र सबै क्षेत्रबाट सकारात्मक सुझाव पाईरहेको जानकारी (द वल्ड नेपाल न्युज)लाई दिनुभएको हो ।

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।