१० औं महाधिवेशनको लागि प्रतिनिधी छनौट गर्न एनआरएनए अमेरिकाको नेतृत्व असफल

|

अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि सहमतिमा प्रतिनिधी छान्न एनआरएनए अमेरिकाको नेतृत्व असफल भए पछि छुट्टाछुट्टै निर्वाचन हुने भएको छ ।
संघका अध्यक्ष बुद्धि सुवेदी समूहले विवादस्पद प्रमुख निर्वाचन आयुक्त विश्व बराल मार्फत एकलौटी रुपमा शुक्रवार निर्वाचन घोषणा गरे पछि विवादले चर्को रुप लिएको हो ।

यसैबीच डा. राजन पन्तको संयोजकत्वमा गठित प्रतिनिधी छनोट समितिले अर्को छुट्टै निर्वाचनको घोषणा गरेको छ ।
निर्वाचन समितिका सदस्य बिकाश उप्रेती का अनुसार संघको विधान अनुरुप २५ प्रतिशत प्रतिनिधीको चयन गर्न १५ तारिख पूर्वीय समय बिहान १० बजे देखी बेलुकी ८ बजे सम्म तोकिएको र ऊमेदबारी फिर्ता लिने समय पूर्वीय समय अनुसार आज राती ११:५९ बजे सम्म रहेको जानकारी गराउनु भयो ।

संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एनआरएनए अमेरिकाबाट १८९ जनाले केन्द्रीय नेतृत्व चयनको लागि भाग लिन पाउने छन् ।
संघको विधान अनुरुप ६५ प्रतिशत प्रतिनिधी मध्येबाट १२३ जना प्रतिनिधीबाट १०१ जनाले आफ्नो नाम दर्ता गराएका थिए,निर्वाचन कमिटी का सदस्य शंकर खड्काको भनाई अनुसार १२३ जना बाट बांकी रहेको २२ जना पनी निर्वाचन समिति ले नै चयन गर्ने कुरा बताउनु भयो ।

२५ प्रतिशत प्रतिनिधीहरुको लागि निर्वाचन गर्न लागिएको कुरा जानकारी दिदै खड़का ले भन्नु भयो १५० जना को उम्मेदवारी परेको छ यस बाट यति कसैले फिर्ता नलिए सम्म निर्वाचन बाट निर्वाचित ४७ जना लाई सहभागी गराईने छ ।
बाँकी रहेको संघको विधान अनुरुप १० प्रतिशत प्रतिनिधी अध्यक्ष बुद्धी सुवेदीले मनोनित गर्ने छन् ।

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।