जनताले भन्छ कुलमान जस्ता दुई चार भए यो देश पक्का बन्छ -राजकुमार गोले

|

प्रवासी बसाईमा काम बाहेक भनेको बेला मोबाइल हेर्ने फुर्सद पनि त्यति मिल्दैन।फुर्सदिलो भएर यसो मोबाईल खोलेर फेसबुकतिर आँखा डुलाउदै थिए। “ उज्यालो भित्र्याउने अभियन्ता विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्ति “भन्ने खबरले मेरो ध्यान उतै खिचियो,ओहो !

काठमाडौंको एक कार्यक्रममा भेट हुने कुलमान सर पुन :नियुक्ती उहाँको उन्नती र प्रगतिले हर्षित तुल्यायो मनमा हुटहुटी चल्न थाल्यो। जतातै कुलमान सरकै चर्चा परिचर्चाले फेसबुक भरीभराउ थियो, उहाँलाई बधाई दिनेको कमि थिएन। म भने उहाँलाई कुन शब्दले बधाई दिउ भेटको क्रममा जिवन संघर्ष हो मिहिनेत गर्नुपर्छ अगाडी ढ्नुपर्छ भनेर सानत्वना दिनुहुने उज्यालो नेपालका अभियान्ता कुलमान सरलाई !

स्वदेशमै भए यति बेला कुलमान सरलाई खादा लगाएर बधाई दिन पाउने थिए तर त्यो सम्भब छैन किन कि म हजारौ माइल टाढा छु कुलमान सर । हजुर देशकै मार्गदर्शक हो,आज तपाईको प्रगती र उन्नतिप्रती समर्पित गर्नको निम्ति मसंग केही शब्दहरु मात्र छन् ।

“हार्दिक बधाई छ! तपाइँले फेरि प्रमाणित गर्नुभयो कि कडा मेहनतको फल अवश्य प्राप्त हुन्छ,तपाईं यसका लागि योग्य हुनुहुन्छ।भावी दिनका लागि मेरा सबै शुभकामनाहरू तपाईलाई।”

“कुलमान सर “हामीले नसुनेको नाम भने पक्कै हैन । धेरै अगाडि देखि चर्चामा मात्रै सम्पूर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल नाम हो।त्यसो त उनको नाम मात्र कुलमान हैन उज्यालो छर्दै प्रगतिपथमा लम्किरहेका छन् । गाउॅंमै हुर्केका कुलमान धेरै संघर्ष गर्दै आएका उनी खरो रुपमा उत्रन सक्ने बहुप्रतिभावान ब्यक्ती हुन।उनले कयौं चेलाहरु जन्माइसकेका छन् । जिन्दगीमा जति नै विध्नबाधा आएपनी उनले संघर्षका कदमहरु कहिल्यै रोकेनन,उज्यलोमा पाईलाहरु अगाडि सारीरहे कहिल्यै थाकेनन बरु नाम झै फुलिरहे वा वा कुलमान, सबै मुखमा कुलमान, उज्यालो नेपालका नायक कुलमान । जन भावना अनुरुप जनता लाई सरल र सुलभ तरिकाले राज्यबाट उपलब्ध हुने सेवाहरु चुस्त दुरुस्त उपलब्ध गराई लोकप्रिय कमाउन सफल कुलमान ।

तर उज्यालोका पर्याय घिसिङलाई धेरै नेपालीले धेरै नामले पुकार्छन् । एकछिन विद्युत आपूर्ति बन्द भएमा ‘कुलमान दाई जानुभयो’ भन्ने नारा सहित सम्मान पाएका घिसिङको पर्नूनियुक्तिले भने फेरि एकपटक विद्युत प्राधिकरणमा नयाँ हुने आशा जनताले लिएका छन् । यहाँ ईमान्दरको ई पनि छैनन् । एकथरीले कुलमानका विरोध गरी गरेका छन् । अध्यारो बेच्न पल्केकाहरुले फेरी कुलमानको बिरोध शुरू गरेछन्।

यतिबेला जनता हजारौं कुलमानहरू खोजिरहेका छन् पो विकास हाम्रै पालामा , निकास हाम्रै पालामा र सामृद्वी हाम्रै पालामा । यसअघि ४ वर्ष सोहि पदमा कार्य गर्दा उनले चामत्कारिक र आक्रामक काम गर्दै ‘उज्यालो साँझ’ (१८ घण्टा लामो लोडसेडिङको अन्धकारयुक्त दैनिकीको अन्त्य) बनाएका थिए । जसकाकारण पनि उनी लोडसेडिङले वाक्वदिक्क भएका नेपालीहरुको ढुकढुकी बन्न सफल भएका थिए ।

को हुन् कुलमान ?
जन्मः २०२७ मंसिर १० गते बुधबार
जन्म स्थानः रामेछापको दुर्गम गाउँ बेथाम
शिक्षाः कक्षा ५ सम्म बेथामकै विद्यालयमा । ५ पासपछि दाजुहरुसँग काठमाण्डौं आइ बालसेवा माध्यमिक विद्यालयमा अध्ययन । एसएलसी अमर आस बोर्डिङ स्कूलबाट । ठमेलस्थित लेखनाथ मार्गको अस्कल क्याम्पसबाट आइएससी ।
छात्रवृत्तिमा भारतको जस्मेदपुरबाट विद्युतिय इन्जिनियरिङ । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एमई (मास्टर्स अफ इन्जिनियरिङ) इन्डिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्टमा थेसिस ।
पोखरा विश्वविद्यालयबाट इएमबिए (एक्च्युकेटिभ मास्टर्स अफ बिजनेश म्यानेजमेन्ट) ।
पेशाः २०५१ सालमा भारतबाट इन्जिनियरिङ सकेपछि, नेपाल फिर्ता । त्यहि वर्ष विद्युत प्राधिकरणमा सातौ तहको इन्जिनियर ।
रसुवाको चिलिमे हाइड्रोपावरको चिलिमे जलविद्युत कम्पनीमा २०६७ साउनदेखि २०७१ असारसम्म ४ वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी । २०७३ भदौ २९ गतेदेखि २०७७ भदौ २९ सम्म विद्युत प्राधिकरणका कार्यकारी निर्देशक । २०७७ भदौ २९ देखि हालसम्म स्वअध्ययनमा व्यस्त !

२०७८ श्रावण २७, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।