अमेरिकाज क्षेत्रमा संचालित “महिला टक -शो कार्यक्रम” मार्फत रुपन्देहिका ३० जना एच आई भि पिडित बालबालिकाहरुलाई सहयोग

|

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सन्चालन गरिरहेको सन्दर्भ सहित यस क्षेत्रबाट संचालित महिला टक शो कार्यक्रम बाट संकलित रकमले रुपन्देहिका ३० जना एच आई भि पिडित बालबालिकालाई पौष्टिक आहारको निम्ति सहयोग बितरण गरिएको छ ।

यस बहस कार्यक्रम मार्फत विभिन्न शिक्षण संस्था, व्यवसाय समाजसेवा तथा क्षेत्रहरु मार्फत समाजलाई नेतृत्व र प्रेरणा बढाउन सफल महिला दिदिबहिनीहरुको ज्ञान, सिप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै नेपाली समुदायमा एउटा फरक रूपान्तरणको सुरुवात गर्दै आईरहेको छ र एन आर एन आइसिसि तृष्णा शर्माको संयोजक्त्वमा भैरवहा स्थित पिस नाईट होटलमा सम्पन्न कार्यक्रममा रूपन्देहीका ३० जना एच आई भि पिडित बालबालिकाहरुलाई पौष्टिक आहारको निम्ति सहयोग बितरण गरिएको जानकारी गैरआवासीय नेपाली संघ क्षेत्रीय महिला संयोजक (अमेरिकाज ) एंव महिला टक शो कार्यक्रमका संयोजक उमा कार्की थापाले द वल्ड न्युज नेपाललाई जानकारी गराउनुभएको छ ।

केहि समय अघि यसै महिला टक शो कार्यक्रम मार्फत मेरो पहलमा जम्मा $१६१९ डलर आर्थिक सहयोग संकलन गरेका थियौ र स्थानिय आशाज्योती सहयोग समुहको अध्यक्ष सुजिता अधिकारीको औपचारिक अनुरोध पश्चात ए आर टी सेवा लिईरहेका बालबालिकाहरुलाई नगद, पौष्टिक आहार,माक्स तथा सेनिटाईजर वितरण गरेको हो।

सहयोग वितरण गर्ने क्रममा सहयोग पुर्याउनुहुने एन आर एन आइसिसि तृष्णा शर्मा जीलाई पनि हार्दिक धन्यबाद दिदै निरन्तर रुपले सामाजिक अभियानमा लागिरहने प्रतिबध्दता समेत संयोजक कार्की बताउंछिन् ।

२०७८ श्रावण २३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।