भ्वाइस अफ नेपाल सिजन–३ को उपाधी किरण गजमेरले जित्न सफल

|

काठमाडौं । द भ्वाइस अफ नेपाल तेश्रो सिजनको बिजेताको उपाधी किरण गजमेरले जित्न सफल भएका छन्।

शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । बिजेता गजमेर कोच प्रमोदको टिममा रहेका थिए ।

‘द भ्वाइस अफ नेपालको अन्तिम चारमा टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई पुगेका थिए ।

बिजेता गजमेरले उपाधी चुमे सँगै नगद २५ लाख पुरस्कार विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।

तस्विर:सामाजिक संजालबाट

२०७८ श्रावण २३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।