
अमेरिकाको टेक्सास राज्यको इंसिनोमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा भ्यान(सवारी साधन)२८१ राजमार्ग नजिक भएको थियो,साथै २० जना घाइते भएको टेक्सस जन सुरक्षा बिभागले जनाएको छ ।
गत बुधबार बिहान अगस्त ४ का दिन दुर्घटना भएको जन सुरक्षा बिभागका नाथन ब्रानडलीले बताए ।
प्रहरीका अनुसार उक्त सवारी साधनभित्र ३० जना यात्री रहेका थिए र उक्त सवारी साधन फलामे खम्बामा ठोकिन गएको थियो । प्रत्यक्षदर्शिका अनुसार उक्त सवारी साधन द्रुत गतिमा चलेको बताएका थिए ।
दुर्घटना पछि चालक सहित अन्य यात्रीहरुको घटना स्थलमै मृत्यु भएको समाचार सिएनएनले उल्लेख गरेको छ