विश्व आदिवासी दिवस २०२१ को अवसरमा फिप्ना द्वारा विभिन्न कार्यक्रमहरु हुदै

|

संयुक्त राष्ट्रसंघले तय गरेको यो वर्षको लागी “Leaving no one behind: Indigenous peoples and the call for a new social contract.” भन्ने मूल नाराका साथ २७औ अन्तराष्ट्रिय विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आयोजनामा विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिदैछ ।

यसै सन्दर्भमा आगामी August 7-8 भलिबल र फुटबल खेल हुनेछ , August 9 का दिन विश्व आदिवासी दिवसको सन्दर्भमा एक कार्यशाला गोष्ठी संचालन गरिदैछ।

नेपाली आदिवासी कला , साहित्य र सौन्दर्यताको प्रचार प्रसार, प्रवर्धन तथा प्रोत्साहनको लागी नेपाली आदिवासी चलचित्र महोत्सव तथा (NIFF AWARD ) अवार्ड सेरोमोनी कार्यक्रम August 21-22 मा हुनेछ साथै नेपालका आदिवासी जनजातीहरूको संस्कृतिलाई संयुक्त राज्य अमेरीकाको मूलधारमा पनि स्थापित गरेर नेपाली अमेरीकन पहिचान स्थापित गर्नु हाम्रो उध्येश्य हो भन्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङ ले द वल्ड नेपाल न्युजलाई जानकारी गराउनुभएको छ ।

अगष्ट ९ मा न्यूयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमारको प्रमूख आथित्यमा शुभकामना आदनप्रदान तथा नेपाली अमेरीकन सम्पदा दिवस , नेपाल डे को रेजुसेशन पत्र वितरण रहेको छ ।

विश्व आदिवासी दिवस २०२१ को अवसरमा आयोजित यो कार्यक्रमलाई तिन खण्डमा बाडिएको छ, यो कार्यक्रम सम्पन्न गर्नको लागी भलिबल खेलको संयोजक- याम पुन , फुटबल खेलको संयोजक- सुमन थाम्सुहाङ तथा आदिवासी चलचित्र महोत्सवको संयोजक – नरेन्द्र थापा रहनुभएको छ । चलचित्रहरूलाई छनौट गरी २/२ वटा चलचित्र छनौट गर्ने साथै अन्य प्राविधिक काम गर्नको लागी आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार ज्यूको संयोजकत्वमा सचिवालय गठन गरिएको छ साथै वरिष्ठ निर्देशक किशोर सुब्बा ज्यूको संयोजकत्वमा निर्णायक मण्डल निर्माण भएको छ ।

उल्लेखित सम्पूर्ण कार्यक्रमहरूको यहाहरूको सहभागीता,साथै आर्थिक,भौतिक सहयोग गरीदिनहुन अध्यक्ष चेम्जोङले आम जनसमुदायमा अनुरोध समेत गरेका छन् ।

२०७८ श्रावण १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।