म नासाको अध्यक्ष हुन सक्षम छु साथै संस्थाको छविलाई सधै उच्च बनाई राख्नेछु-अम्बिका लोहनी 

|

Nepalese Association in Southeast America (NASeA, नासा) को वर्तमान बरिष्ठ उपाअध्यक्ष अम्बिका लोहनीले २०२१-२३ कार्यकालकोलागी अध्यक्ष पदको उम्मेदवारीमा आफु पुर्ण रुपमा तयारि रहेको बताउनुहुन्छ ।

बिगत आठ बर्ष देखी Nepalese Association in Southeast America (NASeA, नासा) को कार्यकारी पदमा पटक पटक चुनाव  द्वारा बिभिन्न पदमा निर्वाचित भई आफ्नो क्षमताले भ्याए सम्म संस्थाको पदिय जिम्मेवारी निर्बाह गर्दै उनि बिगतमा उपाअध्यक्ष, सह-सचिव, कोषाअध्यक्ष, IT Committee Chair, Public Relations Committee Chair, Atlanta Nepali School Chair, Publication Committee Co-Chair and पटक पटक NASeA-ANMA Convention Co-Chair and Chair भई आज सम्म संस्थाक़ो एक सिपाहिको रूपमा काम गरी रहेको आफ्नो अनुभव बताउछिन् ।

 त्यसैले यो पटक नासाको अध्यक्ष (President) पदका लागी आफ्नो उमेद्ववारी दिने निर्णय गरेकी हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रद्वारा सन्चालित महिला आवाज धाराबाहिक बहस कार्यक्रम मार्फत लोहनिले आफ्नो क्षमताले भ्याए सम्म यो एतिहासिक र गरिमामय  संस्थाको छविलाई अझै उच्च पार्ने उदेश्य बोकेर  सबै नेपाली तथा स्थानीय अमेरिकी संघ संस्थाहरूसंग हातेमालो गरी नेपाल र नेपालीहरूको हक़हित लागी सहकार्य गर्ने अठोट गरेकी छिन् । 

सो कार्यक्रमको सहजिकरण गैरआवासीय नेपाली संघ क्षेत्रीय महिला संयोजक (अमेरिकाज )का उमा कार्की थापाले गर्नुभएको थियो ।

यस श्रृखलामा आर सि राजन त्रिपाठी,एन आर एन ए आई सि सि सदस्य यमुना भट्टराई र संचारकर्मी तथा स्पष्टबक्ता शैलेश श्रेष्ठले समेत सक्षम उम्मेदवारीलाई प्रोत्साहन गर्ने परिपाटीको विकास गरौ भन्दै आफ्नो भनाईहरु ब्यक्त गरेका छन् ।

भिडियो हेर्नको लागि यस लिकंमा क्लिक गर्नुहोला

२०७८ श्रावण १६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।