बारा / बारा जिल्लाको सरमुकाम कलैयामा शनिबार बिहान बिभिन्न राजनीतिक दल सम्बद्ध युवाहरुले सरकार बिरुद्ध प्रदर्शन गरेका छन ।कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा औषधी उपकरण खरिदमा भएको खर्च पारदर्र्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, पिसिआर परिक्षणको दायरा बढाउनु पर्ने लगायतका माग राखेर भरत चौकममा प्रदर्शन गरेका छन् ।
कोरोना महामारीमा सरकारको गतिविधिका कारण जनताले थप दुख पाएको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्डसहित कलैया सहित भरत चौकमा प्रदर्शन गरेका थिए ।प्रदर्शनकारीहरुले आरडिटि परिक्षण रोकेर पिसिआर परिक्षणको दायरालाई बढाउन पनि सरकारसँग माग गरेका छन ।