एनआरएनए अमेरिकाको सल्लाहकार नियुक्ती सम्बन्ध विवाद, महिला समावेशिकरणमा बेवास्ता

|

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको सल्लाहकारहरु नियुक्ति सम्बन्धमा विवाद बाहिर आएको छ ।
श्ववादमा उक्त बैठकमा कार्यकारी समितिका पदाधिकारी तथा थुप्रै महिलाले चर्को बिरोध गरेका छन् ।

जुलाई २४ शनिबारका दिन बसेको एनआरएनए अमेरिकाको कार्यकारी समितिको बैठकमा १७ जना सल्लाहकार हुनु पर्ने मा मध्ये १६ जना नियुक्त विभिन्न राजनैतिक भात्री संगठनका हरुलाई सल्लाहकारमा नियुक्त गरि पारित गरे पछि समिति तथा महिलाहरुले असन्तुष्ट व्यक्त गरेका छन् ।

कार्यसमितिका पदाधिकारीहरुको आवाजलाई वेवास्था गर्दै राजनैतिक भात्री संगठनका व्यक्तिहरुलाई बहुमतद्वारा पारित गरे पछि बिरोध शुरु भएको हो ।

सल्लाहकारमा नियुक्त गर्दा कम्तिमा पनि ५ जना महिलाहरुलाई नियुक्त गर्नु पर्ने माग उठाउदै सो अनुसार नियुक्त गर्न प्रस्ताव उठाएका थिए ।

महिला दिदिबहिनिहरुको जानकारी अनुसार असहमतिका बावजुद सल्लाहकारहरुको नियुक्त गरेकोमा संचालक समितिकै सदस्यहरुले नोट अफ डिसेन्ट (बिरोध टिप्पणी)लेखेका छन् ।

यसैगरि महिलाहरुको समावेशिकरण तथा सहभागिताको बेवास्ता गर्न शुरु गरिसकेपछि महिला पदाधिकारीहरुले पनि असन्तुष्ट ब्यक्त गरिरहेका छन् ।

२०७८ श्रावण ९, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।