
काठमाडौं / नेपालका कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा दुई जनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा मृत्यु भएका २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए । त्यस्तै बाराका ५ वर्षीय बालकको पनि कोरोनाबाट मृत्यु भएको उनले जानकारी दिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।