शिकागोमा भोजमा गएका मानिसहरुमाथी अन्धाधुन्ध गोली चलाउदाँ ८ जना घाइते

|

अमेरिकाको इलोनोइज राज्यको शिकागोमा भोजमा गएका मानिसहरुलाई गाडीमा आएका मानिसले अन्धाधुन्ध गोली चलाउदा ८ जना घाइते भएका छन । एक जना मानिसको अवस्था गम्भीर रहेको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार भोजको लागि बसमा चढेकाहरुलाई कुदाई रहेको गाडीबाट गोली हानेका थिए । घाइते भै अस्पताल भर्ना भएका ब्यक्तिलाई छातीमा गोली हानिएको छ भने अन्य महिला तथा पुरुषहरुको अवस्था ठिक रहेको प्रहरीले उल्लेख गरेका छन् ।

उक्त घटना जुलाई २१ बुधबारका दिन लिंकन उद्यानमा भएको प्रहरीले एक वक्तब्यमा जनाएका छन् । दुई व्यक्तिहरु उभिई रहदा गाडीबाट आएर अचानक गोली हानि भागेका थिए ।

प्रहरीले हाल सम्म कसैलाई पनि पक्राउ गरेको छैन भने के कारणले उक्त घटना भएको हो भन्ने बारेमा प्रहरीले कुनै सूचना दिएका छैनन्। यो घटनाको एक दिन अगाडी यसैगरि पश्चिम भागमा गोली हान्दा २ जनाको ज्यान गएको थियो ।
शिकागोमा सप्ताहन्तमा ६० जनालाई गोली हानिएको छ भने १० जनाको मृत्यु भएको एबिसीन्युजले जनाएको छ ।

साभार : ईनेप्लिज न्युज

२०७८ श्रावण ७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।