मोडल अर्जुनले रुदै हिन्छु बन पाखामा बोलको म्युजिक भिडियो ल्याउँदै

|

काठमाण्डौं /  रुदै हिन्छु बन पाखामा भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ । मोडल अर्जुन बुढा र सिमा जिसीको मुख्य अभिनय रहेको रुदै हिन्छु बन पाखामा भन्ने बोलको म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको हो । चर्चित गायक इन्द्र केसी र गायीका राधा विसीको स्वरमा रहेको म्युजिक भिडियोको छायाङकन कैलालीको रमणीय स्थानमा भएको सुटिङ युनिटले जनाएको छ ।

म्युजिक भिडियोको गितमा दिपक भण्डारीले डाइरेक्सन गर्नुभएको छ भने क्यामरामा दिपेश ठुगेन्नाले साथ दिनुभएको छ । यस्तै इडिटिङमा मिन रावलले साथ दिनुभएको छ भने मुर्चुगा रेकडिङग स्टुडियो काठमाण्डौंबाट गित रेकडिङग भएको मोडल अर्जुन बुढाले जानकारी गराउनुभयो ।

म्युजिक भिडियो केही दिनमा मोडल अर्जुन बुढाको युट्युव च्यानलबाट सार्वजनिक हुने कलाकार बुढाले जानकारी गराउनुभयो ।

२०७८ श्रावण ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।