बार्बिक्यू र डिनर सहित एनआरएन म्यासाचुसेट्सको सपथ ग्रहण

|

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको म्यासाचुसेट्स च्याप्टरको नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले यही जुलाई ११ तारेख आइतवार वाटर टाउनको फिलिपेलो पार्कमा बार्बिक्यू र डिनर सहितको सपथ ग्रहण कार्यक्रमको आयोजना सम्पन्न भएको छ।
पुरानो कार्यसमितिलाई विदाई र नयां कार्यसमितिलाई स्वागत सहीत यही जुलाईको ३-४ तारेख न्यूयोर्कमा सम्पन्न एनआरएनए अमेरिकाको दशौं साधारण सभामा सपथ लिन छुट्नु भएका नव निर्वाचित पदाधिकारीहरुलाई च्याप्टर अध्यक्ष प्रेम तामाङले सपथ ग्रहण गराउंदै प्रमाणपत्र प्रदान गर्नु भयो ।

इटली र इंग्लैंडबीच भएको यूरो कपको फाइनल खेल पनि त्यही दिन परेकोले कार्यक्रममा उक्त खेल हेर्ने व्यवस्था समेत मिलाइएको थियो । सैयौंको उपस्थिति रहेको उक्त सपथ ग्रहण कार्यक्रममा एनआरएनए राष्ट्रीय समन्वय समिति अमेरिकाको महिला संयोजक सुन्दरी गुरुङ, न्यूह्याम्सायर च्याप्टरको वर्तमान अध्यक्ष कमल ढुंगाना, राष्ट्रीय समन्वय समिति अमेरिकाको निवर्तमान बोर्ड सदस्य छत्र कुमारी गुरुङ, क्यान्सास राज्यका च्याप्टर अध्यक्ष फिलिप केसी र भर्मन्ट च्याप्टरका फोकल पर्सन डिबि राउतको समेतको उपस्थिति रहेको थियो ।

अत्यन्तै व्यस्तताको बावजूद पनि कार्यक्रममा उपस्थित भइदिनु हुने सम्पूर्ण म्यासाचुसेट्सवासीहरुप्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष वा आर्थिक र भौत्तिक रुपमा सहयोग पुरयाउने नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरु, इटली र इंग्लैंडबीच भएको यूरो कपको फाइनल खेल हेर्ने व्यवस्था गर्ने प्रतिक, राज, र मुकुन्द लगायतका साथीहरु, कार्यक्रम गर्ने ठाउँको व्यवस्था मिलाई कार्यक्रममा दिनभर सहयोग पुरयाउने भिम सुनुवार र स्वादिष्ट भोजन तयार पार्न सहयोग पुरयाउने राजन शेरचन र पंजाब रेस्टुरेन्ट, करी एक्सप्रेस, कान्तिपुर क्याफे र कल्पना श्रेष्ठ सबैलाई अध्यक्ष तामाङले धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रम अत्यन्तै सफल र रोमान्चक रहेको उपस्थित व्यक्तिहरुको प्रतिक्रिया थियो ।

२०७८ असार ३०, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।