
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली जनतालाई पुग्नेगरी खोप आपूर्तिको प्रबन्ध गरिसकिएको जानकारी दिनुभएको छ। देशबासीको नाममा सम्बोधन गर्दै ओलीले १ करवड ५० लाख डोज खोप सहुलियत मूल्यमा किन्ने प्रक्रिया अगाडी बढिसकेको बताउनुभयो ।
ओलीले सम्बोधनमा भन्नुभयो, ‘खोपको लागि सबै प्रबन्ध भइसकेको छ र दक्षिण एशियामा भारतपछि नेपाल दोस्रो हो । तर, भरेदेखि पहिले नै लगाइएका खोपको फोटो राखेर हामीले गर्यौं भन्न थाल्नेछन् तर म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु ।
ओलीले बालबालिकालाई लगाइने फाइजर ६० लाख डोज खोप पनि खरिद प्रक्रियामा रहेको बताउनुभयो।