पश्चिमेली भाका झल्काउने ‘नदेखिन्या घाउ’ बोलको गीत सार्वजनिक

|

काठमाण्डौं। दि भोइस अफ नेपाल सिजन ३ का चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गज्मेरको आवाजमा रहेको पश्चिमेली भाका झल्काउने ‘नदेखिन्या घाउ’ बोलको गीत सोमबार सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द रहेको गीत सोमबार संगीत भकारी युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

करणराज कार्कीको संगीत रहेको गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन् । उक्त भिडियोलाई पिटर गुरुङले छायांकन,बिष्णुहरि तिमिल्सिनाले सम्पादन, र मौसम हिमालीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र देबेन्द्र बब्लुको अभिनय रहेको छ । साथै, सौरभ तिमिल्सिना, संगीता थापा लगायतलाई भिडियोमा देख्न सकिन्छ ।

 

२०७८ असार १४, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।