‘द भ्वाइस अफ नेपाल’मा राजेश पायल राईको आगमन

|

लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’को कोचमा राजेशपायल राईको आगमन भएको छ ।

शुक्रबार प्रशारण भएको एपिसोड २२ बाट राई कोचका रुपमा उपस्थित भएका हुन् ।

कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ अस्वस्थ भएपछि केही हप्ताका लागि उनको ठाउँमा राईलाई लिइएको हो ।

दीप श्रेष्ठलाई जेठको पहिलो साता कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि दुई साता लामो अस्पताल बसाईपछि उनी घर फर्किएका थिए। एपिसोड २२ मा एक भिडियो सन्देश जारी गर्दै गायक श्रेष्ठले आफ्नो भाई राजेशलाई कार्यभार सुम्पन पाउँदा खुशी लागेको बताएका छन् ।

आफूले गर्ने निर्णय र टिप्सहरु नडराइकन दिन पनि दीपले राजेशलाई भनेका छन् ।

दीपको ठाउँमा कोचको जिम्मेबारी सम्हालेका राईले पनि श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै आफूलाई केही हप्ताका लागि आराम गर्न दिएकोमा दीपले ‘भ्वाइस अफ नेपाल’ टिमलाई धन्यवाद समेत दिएका छन् ।

२०७८ असार १३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।