जनवरी ६ मा सदनमा भएको आक्रमणको छानबिन गर्ने समितिको घोषणा -सभामुख पेलोसी

|

अमेरिकी सभामुख न्यान्सी पेलोसीले जनवरी ६ मा सदनमा भएको आक्रमणको छानबिन गर्ने समितिको घोषणा गरेकी छिन् ।
यो भन्दा पहिले द्विपक्षीय रुपमा छानबिन गर्ने भनि रिपब्लिकनलाई समेत विश्वास लिने उद्धेश्यले गरेको प्रयासमा साथ नपाए पछि डेमोक्र्याटिक दलको तर्फ बाट मात्र छानबिन गर्ने उनले घोषणा गरेकी छिन् ।

उनले २ दिन अगाडी मात्र आफ्ना साथीहरुसंग कुरा गरेको दुई दिन पछि अमेरिकी सदनमा भएको आक्रमणलाई पुन: छानबिन गर्ने घोषणा गरेकी हुन् ।

सभामुख पेलोसीले बिहीबार घोषणा गर्दै प्रतिनिधिसभाले संयुक्त राज्य अमेरिकाको क्यापिटल( सदन)मा ६ जनवरीको आक्रमणको छानबिन गर्न एक छनोट समिति गठन गर्ने बताईन् ।

“आज बिहान अत्यन्तै गम्भीरता र दु: ख सहित मैले घोषणा गरिरहेको छु कि सदनले जनवरी ६ को विद्रोहको लागि एउटा चयन समिति गठन गर्ने छ,” पेलोसीले आफ्नो साप्ताहिक समाचार सम्मेलनमा घोषणा गरेकी हुन् भनि एबिसिन्यूजको समाचारों जनाईएको छ ।

सिनेट रिपब्लिकनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूद्वारा गरिएको आक्रमणको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्ने बिषयमा रोके पछि नयाँ समिति आउने भएको हो ।

“हाम्रो लोकतन्त्रको मन्दिरलाई विद्रोहीहरूले आक्रमण गरेका थिए,” उनले भनिन्। “यो अपरिहार्यता भएको छ कि हामीले सत्य खोज्नु नितान्त आवश्यक छ।”
उनले भनिन्, “मनोनित समिति हाम्रो लोकतन्त्रको बारेमा छ र यो सुनिश्चित गर्न कि क्यापिटल गुम्बज(सांसद भवन दरवार )स्वतन्त्रताको प्रतीक नै रहन्छ।”

पेलोसीले यस महिनाको सुरुमा भनेकी थिइन् तल्लो सदनले छानबिन अघि बढाउने छ जसमा हिंसात्मक रुपले भवन भित्र पसे र जो बाइडेनको निर्वाचकीय मत ( इलेक्टोरल कलेज ) जीतको प्रमाणपत्रलाई रोक्न खोज्ने र सांसदहरूको खोजी गरेको भनेकी थिइन् ।

“चयन समितिले तथ्य र आक्रमणका कारणहरुबारे छानबिन गरी प्रतिवेदन दिनेछ र यसले भविष्यमा हुने कुनै पनि हमलाको रोकथामका लागि सिफारिस सिफारिस गर्ने छ,” उनले भनिन् ।

२०७८ असार १०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।