बाढी प्रभावित क्षेत्रका बिरामीका लागि हवल्दारपुरमा रक्तदान कार्यक्रम हुँदै

|

नेपालगञ्ज । बाढी प्रभावित क्षेत्रमा रहेका बिरामी तथा उपचाररत नागरिकहरूको रगतको आवश्यकता पूरा गर्ने उद्देश्यले हवल्दारपुरमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

“रक्तदान, जीवन दान” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको उक्त रक्तदान कार्यक्रम २०८३ भदौ २८ गते हवल्दारपुरस्थित कृषि हाटबजारमा सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र प्रादेशिक कार्यालय, नेपालगञ्ज, बाँकेले गर्नेछ।

कार्यक्रमको आयोजना समाज सेवा संस्था नेपाल, केन्द्रीय कार्यालय कोहलपुर–१४, हवल्दारपुर, बाँकेले गरेको हो। आयोजकले स्वस्थ तथा रक्तदान गर्न योग्य सम्पूर्ण नागरिकलाई कार्यक्रममा सहभागी भई बाढी प्रभावित क्षेत्रका बिरामीहरूको उपचारका लागि आवश्यक रगत संकलन अभियानमा सहयोग गर्न आग्रह गरेको छ।

२०८३ भाद्र २७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।