बाँके / कोभिड १९ अथवा कोरोना भाइरस संक्रमण नेपालमा फैलिरहेको अबस्थामा नेपाल सरकारले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने भन्दै बाँके जिल्लाको नेपालगन्जमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको छ । देशभर सरकारको विरोध भइरहेको अवस्थामा यति बेला बाँके नेपालगन्ज जिल्ला प्रसाशन कार्यालय अगाडी धर्ना दिदैं सरकार विरुद्ध प्रदर्शन भएको छ।
सो प्रदर्शनमा स्वस्तफुर्त बाँके र बर्दियाका युवाहरु जम्मा भई स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, एमसिसि खारेज गर्नुपर्ने लगायतका माग गरेका थिए । सयौंको संख्यामा उपस्थीत युवाहरुले विरोध भने सामान्य ब्यानर बोकेर र उनिहरु स्वस्फूर्त सरकारको विरोध गर्न उपस्थित भएको नेपालगन्जका समाजसेवी प्रकाश कुवरले जानकारी दिनुभयो ।
सोहो अबशरमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुबाङ्ग मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलीलाई ज्ञापन पत्र पनि बुझाएको छ ।