भर्जिनिया निवासी बिधान ठाकुरको अन्त्येष्टि फल्सचर्चमा गरिने

|

नेपाल तराई गौर घर भै हाल अमेरिकाको भर्जिनियामा बस्दै आएका बिधान ठाकुरको भर्जिनियाको फल्स चर्च शहरमा अन्त्येष्टि गरिने भएको छ।

३५ बर्षिय ठाकुर भर्जिनियाको स्प्रिन्ग्सफिल्डमा बस्दै आमाबुवासंग बस्दै आएका थिए । उनका नजिकका आफन्तका अनुसार उनि किक बक्सिङ्ग खेलका राम्रो खेलाडी थिए ।
उनले उक्त खेलमा आफ्नो समूहमा विजयी समेत भएका थिए ।
अन्तिम संस्कार जुन २१ ,२०२१ सोमबारका दिन बिहान ११ बजे हुनेछ । स्व बिधान ठाकुर बाबुआमाका एक मात्र सन्तान हुन् ।

उनको बुवाको नाम बच्चन देव ठाकुर तथा आमाको नाम बिमला ठाकुर हो । दुवैजना भर्जिनियामै बसोबास गर्नु हुन्छ,यस दुखद घडीमा द वल्ड नेपाल न्यूज परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

फोटो: (सामाजिक संजालबाट साभार गरिएको )

२०७८ असार ६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।