फेरि वाढीको विपत्तिमा सिन्धुपाल्चोक

|

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
बाढीले चारवटा पक्की पुल पनि बगाएको छ ।मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।

बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पुर्‍याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।
रेडियो मेलम्चीको भवन पूरै डुवानमा परेको छ,बजार क्षेत्रमा लेदोसहितको बाढी पसेको छ ।

स्थानीयबासीको जानकारी अनुसार भने धेरै संख्यामा मानिसहरु सम्पर्कमा नआएका बताएका छन् । बाढीले नदी आसपासका क्षेत्रमा ठूलो क्षति गरेको छ ।

तटीय क्षेत्रमा रहेका ट्राउट माछा फार्म बाढीले बगाएको छ ।
यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्नको निम्ति जनप्रतिनिधिहरुले अनुरोध समेत गरेका छन् ।

तस्वीर: (सामाजिक संजालबाट)

२०७८ असार १, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।