ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई २ बर्षको वर्क परमिट दिने निति जारी

|

अब अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई २ बर्षको म्यादसहितको वर्क परमिट जारी गर्ने भएको छ । अहिलेसम्म ग्रिनकार्ड आवेदन पेन्डिङ हुनेलाई १ बर्षको म्याद भएको वर्क परमिट जारी गरिदै आएको थियो भने त्यसपछि म्याद थप्न परेमा आवेदकले आवेदन दिनुपर्ने प्रावधान रहेको थियो ।

अमेरिकामा ग्रिनकार्ड आवेदन दिइसकेपछि वा दिने बेलामा उक्त आवेदनको निर्णय प्रतिक्षा गर्दाको अवधिसम्मका लागि वर्क परमिटको आवेदन दिनसकिने प्रावधान रहेको छ ।

यसबारेमा आज युएससीआईएसले नयाँ नीति जारी गरेको छ । अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २४५ अनुशार स्टाटस एडजस्ट अर्थात् ग्रिनकार्ड आवेदन दिनेहरुका सन्दर्भमा वर्क परमिटको म्याद बढाइने भएको हो ।

तलको लिंक क्लिक गरेर हेर्नुहोस् ..!
https://www.uscis.gov/policy-manual/volume-10-part-b-chapter-4?fbclid=IwAR2Jb87-0ACVwNWlxi3xQqksI3bF1l4tg8ZgBafv-BCQf60TrkNPO8opalY

२०७८ जेष्ठ २७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।