बानका अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट बाट निधन

|

व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

न्यौपानेलाई दुई साताअघि कोरोना संक्रमण भएको थियो ।
उहाँको ५० वर्षको उमेरमा विराट मेडिकल कलेज, विराटनगरमा शुक्रबार बिहान निधन भएको हो ।

झापाको गौरादह स्थायी घर भएका न्यौपानेका श्रीमती एक छोरा, एक छोरी छन् ।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य, सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।