एनआरएनए अमेरिकाको निर्वाचन अदालतले रोकेन : लम्सालको प्रयास असफल

|

अमेरिका- एनआरएनए एनसीसीको चुनाव रोक्न मुद्दा परेपनि अदालतले रोक्न नपर्ने निर्णय दिएको छ । 
निर्वाचन तयारी अन्तिम चरणमा दिएका वेला सुर्य (साल) लम्सालले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन रोक्न माग गर्दै टेनेसी राज्य स्थित डेभियसन काउन्सी अदालतमा मुद्दा दायर गरेका थिए । 
 

एनआरएनए अमेरिकाले भने आईसीसी र एनसीसीका केही जिम्मेवार पदाधिकारीले उक्साहतमा लम्सालले मुद्दा हालेको भन्दै अदालतमा यसको प्रतिकार गरेको थियो ।

यस अघि उक्त अदालतमा परेका केही मुद्दामा पनि एनआरएनए अमेरिकाकै पक्षमा पैसला भएको छ ।

संस्था बिरुद्ध मुद्धा गर्ने पक्षले अध्यक्षमा उठ्न नपाउने गरी एनआरएनए अमेरिकाको विधान नौ महिना अगाडि नै संसोधन भएको हो ।

त्यसलाई आधार मान्दै अदालतले सुधारका लागि प्रयास गर्न प्रसस्तै समय हुँदा पनि अन्तिम समयमा आएर निर्वाचन रोक्न निवेदकले गरेको अपिलको आसय संस्थाको हितमा नदेखिएको भन्दै अदालतले आजै निर्वाचन रोक्न नपर्ने अन्तरिम आदेश नदिएको जानकारी प्राप्त भएको छ र एनआरएनए अमेरिकाको निर्वाचन रोक्ने लम्सालको प्रयास असफल भएको छ ।

 

२०७८ जेष्ठ १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।