मधेसी एशोसियसन इन अमेरिका क्यालिफोर्नियाबाट तराईका विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

|

अमेरिकामा बस्दैआएका नेपालीहरुको एक संस्था मधेसी एशोसियसन इन अमेरिका (माँ) क्यालिफोर्निया च्याप्टरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

मधेसी एशोसियसन इन अमेरीका (माँ) क्यालिफोर्निया च्याप्टरले नारायणी अस्पताललाई सेमीभेन्टिलेटर बी प्याप एक थान, अक्सिमिटर २० थान, थर्मलगन २० थान र डिजिटल बीपी सेट २० थान सहयोग गरेको हो ।

मधेसी एशोसियसन इन अमेरिका (माँ) क्यालिफोर्निया च्याप्टरबाट पठाइएका ती स्वास्थ्य सामाग्री सामाजिक अभियन्ता ओम प्रकाश सर्राफले नारायणी अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका छन्।

यतिबेला मातृभूमि नेपाल आमा अदृश्य काल “कोरोना ” भाइरस दोस्रो लहरको महामारी रोगको कारण देश संकटको घडिमा छ, यतिबेला नेपाली जनताले राम्रो उपचारको सुबिधा पाउन सकिरहेको छैन, यस्तो ठुलो आपत्तिमा मानवीय हिसाबले सहयोग गरौ भन्दै संस्थाको अध्यक्ष दिनेश शाहले सहयोग संकलन गरेको बताउनुहुन्छ र साथै शाहको भनाई अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटलाई kN95 माक्स १५० थान ,फेसशिल्ड २०० सय, पिपिई ईन्डियन ७० थान, फेसमास्क ३००, ह्याण्ड स्यानिटाइजर १५० सय एमएलको ३ सय, स्प्रे पम्प ३ वटा, सेफ्टी गगल्स २०० सय थान, अक्सिजन पाईप ४५ वटा हस्तान्तरण गरिएको छ ।

यस्तै धनुषा जनकपुरको अस्पताललाई फेसशिल्ड १ सय, पिपिई १ सय, ह्याण्ड स्यानिटाइजर १ सय, स्पे पम्प दुई वटा फेसमास्क २ सय र सेफ्टी गगल्स १ सय वटा हस्तान्तरण गरिएको एशोसिएसनले जनाएको छ।

रौतहटकै चन्द्रपुर अस्थाई कोभिड अस्पताललाई भीटीएम विथ भीटीएम स्टीक २०० सय, अक्सिजन फ्लो मिटर ५ थान, हस्तान्तरण गरिएको छ।
कोरोना लगायत विभिन्न विपदको समयमा आगामी दिनमा पनि विभिन्न सहयोग गर्न तयार रहेको एशोसिएसनले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ।

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार स्वास्थ्य सामाग्रीको अभाव भएको चिकित्सकले बताएपछि आफुले पहल गरेको र संस्थाका अध्यक्ष दिनेश साहले अमेरिकाबाट करिब ४ लाख मुल्य बराबरको ती स्वास्थ्य सामाग्री पठाइदिएको सामाजिक अभियन्ता सर्राफले बताए । 

२०७८ जेष्ठ ८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।