एनआरएन अमेरिकामा काम गरेको लामो अनुभब नै मेरो जित्ने आधार हो : दिक्षा बस्नेत

|

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा दिक्षा बस्नेत महिला उपाध्यक्ष पदका लागि बलियो उम्मेदवार हुनुहुन्छ।

बस्नेत २०१९-२०२१ को लागि एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक पनि हुन् ।

करीव ७ बर्ष देखी अमेरिकाको क्यालिफोर्निया राज्यमा स-परिवार बसोबास गर्दै आइरहेको र एनआरएनए मा हालसम्म पदिय जिम्मेवारी समाल्दै गरेको यो लामो अनुभवका आधारमा एनआरएनए एनसीसी अमेरिकाको महिला उपाध्यक्षमा उम्मेदवार दर्ता गरेको उनको भनाई रहेको छ ।

एनआरएनलाई राम्रो र हाम्रो बनाउने उदघोषका साथ लेखन क्षेत्रमा सक्रिय रहनुभएकी बस्नेतले विगत ६ बर्षदेखि एनआरएनको हरेक गतिबिधिमा नजिक रहेर काम गर्नुभएकी बस्नेत अव अनुभवका आधारमा महिला उपाध्यक्षको निम्ति आफु तयार रहेको बताँउछिन् ।

साथै संस्था प्रती उत्तरदायित्व,पारदर्शिता र महिलाका मुद्दाहरुलाई सुक्ष्म तरिकाले अध्ययन गर्दै सम्पूर्ण महिला दिदि बहिनिहरुको हक, हित र शसक्तिकरणको लागि सदैव तत्पर रहेको प्रतिबध्दता सहित एनआरएनए अभियानमा आफु दृढताका साथ अगाडी बढ्ने अठोटका साथ उनले केहि एजेण्डाहरु पनि प्रस्तुत गरेकी छिन् ।

प्रमुख एजेन्डाहरु:
१)महिला सहभागिता र शसक्तिकरण का लागी अमेरिकाका ४ वटै क्षेत्रिय स्तर बाट महिलाहरुको कमिटी निर्माण गर्ने ।
२)राष्टृय महिला भेला गर्ने र महिलाका गहन बिषय एंव आगामी कार्यकालको लागी घोषणा पत्र तयार गर्ने ।
३)policy making स्तरमा रहेर अध्यक्षज्यु संग सहकार्य गरी सम्पुर्ण विश्वभरिका NCC हरुसंग समन्वयन गर्ने र थप महिलाका लागी आयमुलक कार्यक्रम तर्जुमा गर्ने ।
४)महिलाहरुको सहभागिता तथा आवश्यकता लाई ध्यानमा राखि कार्यनीति बनाउने र कार्यन्वयन गराउने

यसको साथ साथै नेपालमा रहँदादेखि नै समाज सेवामा सकृय रहेको र भोलिका दिनमा सामाजिक सेवामा नै आफुलाई समर्पित गराउने सोच रहेकोले एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनमा सबैलाई मतको निम्ति अनुरोध गर्दै आफुले पाएको ज़िम्मेवारीलाई अर्थपूर्ण ढंगले कार्यान्वयन गर्ने प्रतिबध्दता समेत ब्यक्त गर्दछिन् ।

२०७८ जेष्ठ ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।