लसएन्जल्समा एनआरएनए उम्मेदवारहरुको बिचमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुदै

|

एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ आसन्न निर्वाचनको सिलसिलामा क्यालिफोर्निया च्याप्टरका उम्मेदवारहरु र मतदाताहरुको बिचमा एक छलफल तथा अन्तरक्रिया कार्यक्रम को आयोजना गरिएको छ ।

पश्चिम तटीय क्षेत्रका संयोजक RCC पदका उमेदवार सान फ्रान्सिस्को निवासी समाजसेवी श्रीराम थापा र क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदका उम्मेदवार श्री एकदेव शर्माको संयुक्त आयोजनामा हुन गईरहेको छ ।

सो अन्तरक्रिया कार्यक्रम लसएन्जल्स निवासी सम्पूर्ण एनआरएन ए अभियान्त तथा मतदाताहरु संग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने र आफ्ना महत्वपूर्ण सुझाव तथा  सल्लाह लिनको निम्ति यस कार्यक्रम राखिएको क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदको उम्मेदवार एकदेव शर्माले द वल्ड नेपाल न्यूज़लाई जानकारी गराएका छन् ।

शर्मा क्यालिफोर्नियाको आपसी एकता र सद्भावलाई बचाई राख्न आफु समर्पित रहेको एनआरएनए अभियानलाई नयाँ उचाईमा लैजानको लागि   आफ्नो सक्रिय सहभागिता रहने प्रतिबध्दता समेत ब्यक्त गर्दै सम्पूर्ण लसएन्जल्सबासी दाजुभाई दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थितिको लागी यसै सुचना मार्फत पनि अनुरोध गरेका छन् ।
कार्यक्रम भोली बेलुका मे १९ तारिख, २०२१ बुधवार NANKING RESTAURANT, आर्टेशियामा गरिने छ ।

कार्यक्रम हुने स्थान:
NANKING RESTAURANT
18792 Pioneer Blvd
Artesia, CA  90701

समय:
मे १९ तारिख , २०२१ बुधवार
बेलुकी  ६:००  बजे देखी ११ बजे सम्म

(नोट :- कार्यक्रममा मास्क र सामाजिक दूरी अनिवार्य हुनेछl)

२०७८ जेष्ठ ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।