राहत स्वरुप अमेरिकन बच्चाहरूलाई हरेक महिना २५० -३०० डलर दिने बाइडेनको घोषणा

|

राष्ट्रपति जो बाइडेनले राहत स्वरुप अमेरिकन बच्चाहरूलाई हरेक महिना २५० देखि ३०० डलर दिने घोषणा गरेका छन् । उक्त रकम न्यून आय अर्थात् उक्त कार्यक्रममा योग्यता भएका अमेरिकी परिवारहरूका बच्चाहरूलाई राहत स्वरूप त्यति रकम दिने भएका छन् ।

बाइडेनले मे १७ सोमवारका दिन उक्त घोषणा गरेका हुन् । बच्चाहरूलाई प्रदान गरिने रकम आगामी जुलाईको मध्य देखि दिइने भएको छ ।

स्मरण रहोस राष्ट्रपति बाईडेनले पृथक रुपमा नया बिधेयक ल्याएका हैनन । ट्रेजरी विभाग(अर्थ बिभाग)ले सोमबार उक्त रकम १.९ खर्ब डलरको महामारी राहत सहयोगबाट बच्चाहरुलाई मासिक भुक्तानी प्राप्त गर्ने जनाएको छ ।

उक्त दिइने भुक्तानी अमेरिकी राष्ट्रपति जो बाइडेनको १.९ खर्ब डलरको कोरोनाभाइरस राहत सहयोगको हिस्सा हो। जसले एक वर्षको लागि बाल कर विस्तार गरेको छ भने र मासिक आधारमा सुविधाहरूको पूर्व भुक्तानी गर्न सम्भव बनाएको छ ।

वार्षिक रुपमा ६ बर्ष मुनिका लागि ३ हजार ६ सय र ६ वर्ष देखि १७ वर्ष सम्मका लागि ३ हजार डलर हुनेछ ।

यस राहत सहयोगमा योग्य भएका परिवारहरूलाई ६ बर्ष मुनिका बच्चाहरूका लागि ३ सय डलर र ६ बर्ष देखि १७ बर्ष सम्मका बच्चा देखि किशोर सम्मलाई २ सय ५० डलर दिइने छ ।

(तस्वीर: सामाजिक संजालबाट)

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।