कर्णाली प्रदेश कोरोना विशेष अस्पतालमा अल आउट र मास्क बितरण

|

सुर्खेत / नेपाल युवा परिषद कर्णाली प्रदेशको आयोजना र कर्णाली एग्रीकल्चर सोसाइटी र शितल एग्रोभेट ट्रेडिङ सेन्टर तथा दन्त चिकित्सकको सहयोगमा कर्णाली प्रदेश कोरोना बिशेष अस्पतालमा ५०० थान मास्क र ७० थान अल आउट मस्क्विटो रिपेलेन्ट आइसोलेसन वार्डमा भएका बिरामीलाई हस्तान्तरण गरिएको छ। आइसोलेसनमा रहेका बिरामीहरुलाई मचछेड बाट समस्या नहोस भनी ७० वटा आइसोलेसन रुमलाई ७० वटा अल आउट मस्क्विटो रिपेलेन्ट हस्तान्तरण गरियेको छ भने निको भयेर घर गयेपछी पुन एक हप्ता होम आइसोलेसनमा बस्दा मास्कको प्रयोग गर्नु पर्ने भयेकोले प्रती व्यक्ति ५ वटा मास्क प्रत्येक बिरामिलाइ उपहार सो रुप प्रदान गर्ने हेतुले उक्त कार्य गरियेको नेपाल युवा परिसद कर्णाली प्रदेशका संयोजक इन्द्रजीत सुनारले बताउनुभयो।
उक्त कार्यक्रमको समन्वय नेपाल युवा परिसद कर्णाली प्रदेशका सल्लाहकार डा. नवराज केसिले गर्नु भयेको थियो भने कर्णाली प्रदेश अस्पतालका मे. सु. डा. डम्बर खड्का , डा. के .एन. पौडेल, वरिष्ठ दन्त रोग बिसेसज्ञ डा. प्रदिप कुमार दियाली, देवकोटा फार्मेसीका प्रोप्राइटर हरि शंकर देवकोटा र नेपाल युवा परिसद सुर्खेतका पदाधिकारिहरुको उपस्तिथिमा सम्पन्न भएको थियो।यो अभियान जारी रहने भयेकोले सहयोग र साथ दिन महानुभाबहरुले साथ र सहयोगका लागि ९८५१२११६७७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
सहयोग गर्ने ब्यक्तीहरुको विवरण
क. बरिष्ठ दन्त रोग बिसेसज्ञ डा. प्रदिप सिङ् दियाली – रु ३०००
ख. बरिष्ठ दन्त रोग बिसेसज्ञ डा. शक्ति बिक – रु १०००
ग. कर्णाली एग्रीकल्टर सोसाइटीका तर्फ बाट
अ) दिपक अधिकारी – रु २०००
आ) हेमराज के सि – रु २०००
इ) धिरेन्द्र मान थापा – रु १०००
ई) हरि सुवेदी – रु १०००
घ. शितल एग्रोभेट ट्रेडिङ सेन्टर सुर्खेत- रु २०००
ङ. देवकोटा फार्मेसी – रु १०००
च. इन्जिनियर खेमराज पोख्रेल – रु १०००
छ. सुशील न्यौपाने – रु ५००

२०७७ जेष्ठ २९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।