म सामाजिक सेवालाई निरन्तरता दिन चाहन्छु : बाला घिमिरे

|

बाल्टिमोर अमेरिका / एनआरएनए अमेरिकाको आसन्न निर्वाचन २०२१-२०२३ कार्यकालको निम्ति बाला घिमिरेले गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका मार्फत निःस्वार्थ सामाजिक सेवा गर्ने हेतुले बोर्ड अफ डाइरेक्टर पदकालागि आफ्नो उम्मेदवार दिएका हुन् ।

घिमिरे धेरै बर्षदेखि सिकागोमा आफ्नै ब्यबसाय संचालन गरेका छन् । घिमिरेलाई सफल व्यवसायीका रुपमा पनि चिनिन्छ। संघर्षका दिनमा होस् या ब्यबसायिक सफलताले चुमेको आजका दिनमा होस् बाला घिमिरे सधै उस्तै छन्, साधारण छन्, समाजमा सबैलाई दु:ख परेको बखत सहयोग गर्छन् ।

नेपालदेखि नै ब्यबसायिक सोच राख्ने घिमिरे अमेरिकामा पनि व्यवसायिक सफलता चुमिरहेका छन् । घिमिरेले यो क्षेत्रका बिभिन्न सामाजिक संस्थाहरु नासा र आन्मा अनि एएनएका बिभिन्न पदमा बसेर सफलतापुर्वक नेतृत्व गरिसकेका छन् । ब्यबसायिक सफलता र नेपालको पर्यटन प्रबर्धनमा गरेको योगदानको कदर गर्दै सबैसंग मिल्न सक्ने क्षमता भएका मिलनसार बाला घिमिरे यो यस बर्षको चुनावी अभियानमा त्यति सक्रिय नदेखिएतापनि अन्तर्राष्ट्रीय नेपाली डायस्पोरासंग धेरै नजिक रहेको ब्यक्तित्व हुन् ।

अमेरिकाका विभिन्न संघ संस्थाहरुमा आफ्नो योगदान रहेको र एनआरएन आईसिसिको विभिन्न टास्क फोर्सहरुमा समेत रहेर काम गरिसकेको अनुभवहरुको आधारमा एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्यमा आफ्नो उम्मेदवारी दिएको घोषणा गरेका छन् ।

एनआरएन सबै नेपालीको साझा संस्था बन्न सकोस् भन्ने हेतुले अगाडी बढेको उनि आगामी नयाँ कार्यकालमा नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक तुल्याउन र एनआरएनको मुख्य एजेण्डा दोहोरो नेपाली नागरिकताको निरन्तरताको लागि जो सुकै अध्यक्ष जितेर आए पनि आफु क्रियाशील भई दृढताका साथ अगाडी बढ्ने अठोट रहेको बताउँछन् ।

२०७८ बैशाख ३०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।