आईसिसि सदस्यकी एक्लो महिला उम्मेदवार :विन्दु निरौला सापकोटा

|

विगत १२ बर्षदेखि सानफ्रान्सिस्को, क्यालिफोर्निया बस्दै आएकी सामाजिक अभियान्त एवं कलाकी धनि बिन्दु निरौला सापकोटाले एनआरएन अमेरिकाको २०२१-२०२३ कार्यकलका लागि आईसिसि सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

अमेरिका लगायत बिश्वका बिभिन्न देशमा नेपाली कला, संस्कृति र बहुआयामिक पाटालाई संरक्षणसंगै प्रर्वद्धन गर्दै आएकी निरौलाले आसन्न निर्वाचनमा साँस्कृतिक पहिचान, सबल सक्षम र समावेशी एनआरएनको एजेण्डालाई प्राथमिकतामा राखेकी छिन्. यहि नारा र उद्धेश्यले बिन्दु निरौला सापकोटा आईसिसि सदस्यको उम्मेदवारमाझ लोकप्रिय छिन् ।

आईसिसि सदस्यकी एक्लो महिला उम्मेदवार विन्दु निरौला सापकोटा संस्कृतिलाई बिर्सन लागेको हो कि भन्ने चिन्ता रहेको बताउँछिन् ।

नेपालमा जन्मिएर प्रबासको भुमिमा आएका आफ्नो संस्कृति बिर्सिदै गरेका र अझ यहि नै जन्मे हुर्केका बच्चालाई नेपाली कला संस्कृतिप्रति आकृष्ट गराई सिकाउनु-बुझाउनु नै उनको मुख्य उद्धेश्य हो भन्दै आईसिसि सदस्यमा सक्रियताका साथ आफु अगाडी बढिरहेको उनि बताउँछिन् ।

हालसम्म दर्जनौ संस्थामा आवद्ध रहेर मुख्यतः नेपाली कला, संस्कृति र रितिरिवाजलाई नै जगेर्ना गर्न लागि परेकी आईसिसि सदस्यकी उम्मेदवार बिन्दु निरौला आपैmमा एक शसक्त र प्रतिभावान नृत्यांगना हुन् ।

ICC र NCC बिचको सम्वन्धलाई अहिलेको भन्दा , प्रगाढ र र आफुले महिला हक हित र अधिकारको निम्ति एउटा पुलको भूमिका गर्नेछु भन्ने प्रतिवद्धता गरेकी निरौलाको अनुभव, क्षमता र भिजनले त्यसलाई सहजै पुरा गर्ने आँकलन अहिले एनआरएन बृत्तमा चलेको छ ।
एनआरएन अमेरिकामा सन २०१७-२०१९ को कला संस्कृति समितीको संयोजक रहेकी बिन्दु सन २०१९ मा एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर्सकी उम्मेदवार हुन् ।

महिला शसक्तिकरण, समावेशिता र सहभागिताका हिसावले आफ्नो उम्मेदवारी समग्र महिलाहरुको प्रतिनिधित्व हो भन्दै महिलाको हक, हित र बुलन्द आवाजका लागि आईसिसि सदस्यमा आफुलाई मतदान गर्न सबै मतदाता तथा आम अमेरिकाबासी नेपालीलाई उम्मेदवार निरौलाले अनुरोध गरेकी छिन् ।

२०७८ बैशाख २९, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।