नेकपा एमालेका नेता पशुपति चौलागाईंको दुःखद निधन

|

काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।

दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए ।
एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाईं गत निर्वाचनमा दोलखा बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

दोलखाको कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण खम्बा ढलेको छ। नेकपा एमालेको सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले अत्यन्तै दु:ख ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना ब्यक्त गरिरहेका छन् ।

पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् ।

२०७८ बैशाख २८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।