कोरोना संक्रमितहरुलाई घृणाले होइन,प्रेमपूर्वक सम्मान गरौ : कृष्मा थोकर

|

 
अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् आनुवंशिक संरचनामा हुने परिवर्तन देखिएको वैज्ञानिकहरुको भनाई छ,यसै सन्दर्भमा नेपालमा पनि दोस्रो लहरको नयाँ प्रजाति कोरोनाको जरो झाँगिदै गर्दा सम्पूर्ण नेपालीहरु दिनानु दिन कोरोना संक्रमित भई जिबन बाँच्नको निम्ति लडाई लडी छटपटाई रहेको यो दु:खद क्षणमा कोरोना संक्रमितलाई घृणा होइन प्रेम,सदभाब,सहिष्णुताको भावनाले हेरौ ।

जति तपाईहरुले आफ्नो सन्तान,आफु प्रति प्रेम गर्नु हुन्छ,त्यति नै संक्रमितहरुको पनि परिवार,बाल बच्चा,समुदाय प्रति गहिरो प्रेम सम्बन्ध छ ।

म एक ग्रामीण क्षेत्रको सामुदायिक बिधालयमा अध्यापन गर्ने शिक्षिका दिन रात बिध्यार्थीहरुको सिकाई सहजीकरणमा हरपल र्बिद्यार्थीहरु माझ भै रहने र कोरोंना भ्याक्सिनको पर्खाइमा रहेको शिक्षक,एक्कासी नयाँ प्रजातिको यो महामारीमा लडाई संग लडेर जित हासिल गर्न सफल भै सामान्य अबस्थामा फर्कन सफल भएको छु ।

जति कठिन पिडा कोभिड संक्रमणको समयमा सहे त्यो भन्दा बढी पिडा निको भएर आइसकेपछि कोरोना संक्रमितलाई समुदाय बाट गरिएको घृणा,नकारात्मक व्यवहारले म धेरै दुःखित छु ।

ताकी १४ दिन को होम आइसोलेसन बसेर ,नेगेटिभ रिपोर्ट आए पछी बाहिर निस्किदा मैले समाजको सकारात्मक माया,प्रेम र सहानुभूति भन्दा पनि ठुलो अवहेलना पाएको अनुभव गरे ।

जब म गाँउमा सामान्य अबस्थामा फर्केपछि पनि म देख्ने बितिकै लुक्ने ,टाउको बटारेर हिड्ने ,बोल्दै नबोल्ने ,जुन बाटोले हिडेको छु त्यतैतिर आइरहेको मान्छे फर्केर जाने यस्ताखाले नकारात्मक ब्यबहारले संक्रमित हरु धेरै दु:खी छन् ।

दिनानुदिन तीव्र गतिमा सङ्क्रमण संगै यस्ता खाले नकारात्मक भ्रम हरुले कोभिड-१९ का बारेमा सर्वसाधारणहरूको कौतूहल बढाइदिएको छ।

समुदायले हौसला तथा प्रेम को सट्टामा घृणा गर्दा संक्रमितहरुको मनोबल कमजोर हुने र मनभित्र संक्रमित हुनु नै ठुलो पाप रहेछ जस्तो महसुस जो सुकैलाई आउनसक्छ ।

म पनि अहिले समुदायको लागि घृणाको एक पात्र बनेको छु तर मेरो परिवारको असिम माया र हौसलाले जीवनमा जस्तोसुकै अफ्ठेरो परिस्थितिमा पनि लड्न सक्नेछु भन्ने आत्मविश्वासको विकास भएको छ ।

सम्झिनुस त एक चोटी कि यो विषम अबस्थाबाट तपाईहरु पनि गुज्रिरहेको भए समाजले त्यस्ता खाले नकारात्मक व्यवहार गर्दा कस्तो महसूस हुन्छ?

 समुदायका शिक्षित ब्यक्तिहरु पनि कतातिर जादै छन् ?
ताकी सकारात्मक सन्देशको ठाउँमा नकारात्मक भ्रम फैलाउदै हिड्नु कतिको उचित हुन्छ होला,मेरो आफ्नो हकमा बिना जानकारी एक कर्मचारीलाई पठाएको स्वास्थ्य रिपोर्ट अन्य ब्यक्तिलाई शेयर गर्दै सामाजिक संजालमा नकारात्मक सन्देश छाड्दै छारप्रस्ट गर्दै समूदायलाई त्रासले आतंकित बनाउँदा,संक्रमित ब्यक्तिलाई हिँसा गर्दा तपाईहरु नकारात्मक सोच हुने सम्बन्धीत ब्यक्तिहरु त खुसि भयो होला तर संक्रमित व्यक्तिहरु कति दु:खी भएको छ,कति आत्मबल घट्दै गएको छ भन्ने कुराको ख्याल गर्नु भएन ?
यो जीवन मरणको लडाईबाट जित हासिल गरेर समुदायमा फर्केको अबस्थामा जिबन भरको लागि हौसला को सट्टा दिनुभएको नकारात्मक पोस्ट को उपहार सामाजिक संजाल बाट हटाए पनि मन बाट हटाउन सकेको छैन ।

कोरोना संक्रमण बढ्दै गैरहेको यो विषम परिस्थितिमा एकले अर्कालाई सहयोग,सहानुभूति, सद्भाव गरौ,सामाजिक संजालको दुरुपयोग नगरौ ।
सामाजिक संजालमा कोभिड लागेर मृत्यु भैरहेको लासहरुको फ़ोटो, भिडियो देख्दा हामी संक्रमित हरुको मनमा धेरै खाले कुराहरु सोचिन्छ र आफुलाई कमजोरी महसुस हुन्छ,यस्तो घडिमा समुदायले सकारात्मक हौसला तथा आत्मबल बढाउने सन्देशलाई बढाउने कोशिश गरौ ।

तपाईको एक शब्दले,सकारात्मक ब्यबहारले ,सकारात्मक सन्देशले जो कोहि संक्रमितको जिबन बाँच्न सक्छ,बरु कोभिड जितेर आएकोहरुलाई घर समाजमा स्वागत गरौ भनि सबैमाझ अनुरोध गर्न चाहन्छु ।

सकेसम्म संक्रमित भएर निको भएर सामान्य जीवनमा फर्किसकेको ब्यक्तिहरुसंग यसबाट सजिलै कसरी बच्ने क कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा छलफल शुरु गरौ साथै सामाजिक संजालमा नकारात्मक सन्देश, कोभिडबाट मृत्यु भएका फोटो,श्रदान्जलि दिनेको होडबाजी नगरौ कोरोनको प्रकोपले लाखौ सङ्क्रमित भै हस्पिटलमा जिबनको लडाई लड्दै छटपटाई रहेको छन् भने लाखौ ब्यक्तिहरु होम आइसोलेसनमा बसिरहेका छन् ।

तपाईहरुको नकारात्मक सामाजिक संजालको  पोस्ट,सन्देशले,ब्यबहारले उहाँहरुको हौसला टुट्न सक्छ,डिप्रेसन हुन् सक्छ ,आत्मा हत्याको सिकार बन्न सक्छ,सामाजिक संजालमा पोष्ट गर्नु अगाडी सोचौ अनि मात्र पोस्ट गरौ ।

अहिले आफै सुरक्षित भै आफ्नो घर परिवार ,समाज ,राज्यलाई सुरक्षित् बनाऊ,अत्यावश्यक काम भन्दा घर बाहिर ननिस्कौ, निस्कनै परे मास्क,स्यानिटाइज़र प्रयोग गरि ,सामाजिक दुरी कायम गरौ साथै कोरोना संक्रमितहरुलाई घृणाले होइन,प्रेम,सदभाब,सहानुभूति र माया गरौ ।

(नोट : कृष्मा थोकर एक शिक्षिका हुन् ,अहिले उनि कोरोनाको लड़ाई बाँट जितेर आफु सामान्य जिवनमा फर्किसकेकी छिन् )

२०७८ बैशाख २६, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।