
काठमाडौं / नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७२ हजार ८८० नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १० हजार ७४४ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७२ हजार २६६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ६७५ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर र अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा र चितवनमा १/१ गरी १५ जनाको मृत्यु भएको छ ।