अस्ताए बरिष्ठ गायक प्रेमध्वज प्रधान

|

बरिष्ठ गायक प्रेमध्वज प्रधानको ८३ वर्षको उमेरमा आज निधन भएको छ । हर्ट अट्याक्का कारण उहाँ दस दिनदेखि अस्पतालमै हुनुहुन्थ्यो ।
प्रधानको काठमाडौँ न्यूरो अस्पतालमा निधन भएको हो ।

आमा प्राणदेवी प्रधान र गणेशलाल श्रेष्ठबाट संगीतको प्रारम्भिक शिक्षा लिएका प्रधानको पहिलो गीत ‘याद आइरहेछ कसैको यो अँधरी रातमा’ पहिलो रेकर्डेड गीत थियो ।

सिन्धुपाल्चोकको चौतारामा सन् १९३८ मा जन्मिनुभएका प्रधानले १६ वर्षको उमेर रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभएको थियो ।

नारायण गोपाललाई गायनमा ल्याउन प्रेमध्वज प्रधानको ठूलो हात थियो । प्रधानले नै नारायण गोपालको हात समातेर रेडियो नेपालसम्म लिएर जानुभएको थियो ।

नेपाल भाषा, नेपाली र फिल्म संगीतमा उत्तिकै रुचाइएका प्रधान भारतीय गायिकासँग युगल गीत गाउने पहिलो गायकको रुपमा पनि लिपिवद्ध हुनुहुन्छ ।
‘गोरेटो त्यो गाउँको’ ‘घुम्तीमा नआऊ है’,‘यो नेपाली शिर उचाली’ ,‘तारा मात्र हैन’ ‘राजमति’ आदि उहाँका सदाबहार गीत मानिन्छन् । भजन, नेपाल भाषा नेपाली फिल्म र सुगम संगीत गरी ७ सयभन्दा बढी गीतमा उहाँको आवाज छ ।
चलचित्रकर्मीहरुले एक महान युगके अन्त्य भएको छ भन्दै हार्दिक समबेदना प्रकट गरेका छन् ।

२०७८ बैशाख २३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।