एनआरएनएमा महिलाको भूमिका नेतृत्व र अपेक्षा सम्बन्धि बहस कार्यक्रम हुदै

|

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सन्चालन गरिरहेको छ।
बहसको चौथो शृंखला” यही आईतबार मे ५ मा आयोजना गरिने छ ।

यस बहस कार्यक्रम मार्फत विभिन्न शिक्षण संस्था, व्यवसाय समाजसेवा तथा क्षेत्रहरु मार्फत समाजलाई नेतृत्व र प्रेरणा बढाउन सफल महिला दिदिबहिनीहरुको ज्ञान, सिप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै नेपाली समुदायमा एउटा फरक रूपान्तरणको सुरुवात गर्दै आईरहेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको चुनाव तथा महिला नेतृत्वलाई सहयोग गर्ने र
उध्येश्यले “The role leadership and expectation of women in NRNA”भन्ने विषयमा विशेष अन्तरक्रिया गर्ने जानकारी कार्यक्रम संयोजक उमा कार्की थापाले जानकारी गराउनु भयो ।

साथै कार्यक्रमको मुख्य आकर्षक आउँदै गरेको अमेरिकाको चुनावको लागि विभिन्न पदहरुमा प्रत्याशी सम्पूर्ण महिला उम्मेदवारलाई एउटै प्लेटफर्म मा राखि भर्चुअल माध्यमबाट “एनआरएनएमा महिलाको भूमिका नेतृत्व र अपेक्षा” बारे अन्तरक्रिया गरिनेछ ।

सो कार्यक्रमको सहजिकरण सामाजिक अभियान्त तथा पत्रकार डोल्मा लामाले गर्नुहुनेछ र एनआरएन लगायत विभिन्न मिडियाहरुको पेजहरुबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

कार्यक्रम तालिका :
Topic: “The role leadership and expectation of women in NRNA.”
Time: Sunday may -5-2021
11:00am Eastern Time

२०७८ बैशाख २३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।