अक्सिजनका सिलिण्डर संकलन र वितरण गर्ने पल शाहको अभियान

|

अभिनेता पल शाहले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गर्ने बताएका छन्।

अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं। अहिले अक्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन,’ उनले भने, ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं।

केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताउ। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ र अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २-३ दिनभित्रै सहयोग गरिने शाहले बताए।

२०७८ बैशाख २१, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।