
आजदेखि आन्तरिक हवाई उडान बन्द भएको छ । मन्त्रीपरिषद्को निर्णयबमोजिम गएरातिदेखि लागू हुने गरी आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको थियो ।
तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ ।
साथै, भारतका सीमित उडानबाहेक अरु अन्तरराष्ट्रिय उडान वैशाख २२ गते रातिबाट बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय बढ्दो कोरोना संक्रमणका कारण हवाई उडान स्थगित गर्नुपरेको हो ।