
क्यालिफोर्नियाको सान डिएगोमा डुङ्गा पल्टिदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
उद्धार कर्ताहरूले पीडितहरूलाई किनारमा लगेका थिए । उक्त डुङ्गा तस्करहरूको भएको बिश्वास गरिएको छ ।
त्यहाँ अन्य कुनै डुंगा छैन, सबै भग्नावशेष मात्र छ,” रोमरोले भने । दुई जना मानिसहरु पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए।
उनले जोड दिए कि डुंगा चट्टानमा ठोकिएको र टुक्रा टुक्रा भएको जनाएको युपिआईले उल्लेख गरिएको छ ।
उक्त डुङ्गामा करीव ३० जना सवार रहेका थिए जुन क्षमता भन्दा बढी थियो।