महिलाहरुको हक,हित र शसक्तिकरणको लागि सदैव तत्पर रहनेछु: शान्ति वाग्ले पौडेल

|

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा शान्ति वाग्ले पौडेल बोर्ड सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ।

नेपालको तनहुँ जिल्लामा जन्मेकी शान्ति वाग्ले पौडेलले पोखराको पृथ्वी नारायाण क्याम्पसबाट आफ्नो अध्यन शुरु गरेको हो र १९९४ देखि अमेरिका क्यालिफोर्निया राज्यको सन्फ्रान्सिसको डेभिसमा बस्दै आउनुभएको छ ।

पौडेलले स्थानिय नेपलिज फ्रेन्ड्स एण्ड कल्चरल एशोसियशन (नाफ्का)को भाइस प्रेसिडेण्ट (हाल)सेक्रमेण्टो नेपलिज लायन्स क्लब, सेक्रमेण्टोमा सामुदायिक केन्द्र बनाउन सुरु गरिएको अभियानको बोर्ड सदस्य लगायतका स्थानिय संघ-संस्थामा रहेर काम गरिसकेको आफ्नो अनुभव बताउनुहुन्छ ।

पौडेल २०१९-२०२१ को लागि एनआरएनए एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको बोर्ड सदस्य साथै त्यसबाहेक एनआरएनए एनसीसी अमेरिकाको महिला फोरमको सदस्य पनि हुन् ।

यि विभिन्न संघ संस्थामा काम गरिसकेको अनुभवका आधारमा एनआरएनए एनसीसी अमेरिकाको बोर्ड सदस्यमा उम्मेदवार दर्ता गरेको पौडेलले बताउनु भयो।

साथै सम्पूर्ण महिला दिदि बहिनिहरुको हक, हित र शसक्तिकरणको लागि सदैव तत्पर रहेको प्रतिबध्दता सहित जो सुकै अध्यक्ष जितेर आए पनि आफु क्रियाशील भई दृढताका साथ अगाडी बढ्ने पौडेलको अठोट रहेको छ ।

२०७८ बैशाख १८, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।