पूर्व महारानी कोमल आइसियूमा साथै पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था सामान्य

|

काठमाडौं । नर्भिक हस्पिटलमा उपचाररत पूर्व महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।

अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।
उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् ।
पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

२०७८ बैशाख १५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।