एनआरएनए नेपालीहरुको आवश्यकता र समस्याको समाधानको निम्ति पहल गर्नेछु : उत्तम कुमार कार्की

|

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनमा नर्दन क्यालिफोर्निया सनफ्रान्सिस्को बे एरिया निबासी बरिस्ठ,समाजसेबी उत्तम कुमार कार्की संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका उम्मेदवार हुनुहुन्छ।

सनफ्रान्सिस्को बे एरिया नेपाली समाजलाई आपत्ति परेको बेला सकेको साथ दिंदै आउनु भएका कार्की भुकम्प पिडित राहत संकलन गरेर नेपालका थुप्रै ठाउँमा वितरण गर्न आफैं पनि गएको र नेपालीहरुको हरेक समस्यामा आफु अगाडी बढेर साथ सहयोग गरिरहेको बताउनुहुन्छ ।

कार्की पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष, एन ए एन सि का पूर्व अध्यक्ष, नेपाली सामुदायिक  केन्द्रका संस्थापक अध्यक्ष, बिभिन्न राष्ट्रिय स्तरका संस्थारुमा सल्लाहकार हुनाका साथै प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड २०१४ का गोल्ड मेडलिस्ट हुनाका साथै थुप्रै सम्मानपत्रहरु प्राप्त गरेका लोकप्रिय व्यक्तित्व हुनुहुन्छ ।

एन आर एन नेपाली हरुको हक अधिकार माथि संबिधानले निर्धारण गरेको अधिकार दोहोरो नागरिकता लाई एन आर एन नागरिकता मा परिणत गरेको र सम्पति राख्न पनि लिमिटेसन गरेको र परिवार ले समेत आफ्नो जाय जेथा उपभोग गर्न नपाउने गरि सरकारले बिस्तारै ओझेलमा पार्ने काम भैरहेको सन्दर्भमा अमेरिकाबासी नेपालीहरुको म्यान्डेट लिएर आईसिसि को केन्द्रिय समिति मार्फत सम्पूर्ण एनआरएनए नेपालीहरुको आबश्यकतालाई ध्यानमा राखी सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायहरुमा पुग्ने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

एनआरएनए अन्तरास्ट्रिय समन्वय परिषद(NRNA ICC) २०२१-२०२३ अमेरिकाको आसन्न निर्वाचनमा आईसिसी पदका उमेदवार पूर्णरूपले समाजसेवामा समर्पित कार्की आफु अझै फराकिलो सोचको साथ एनआरएनए सहभागी भई नेपाल र नेपालीको हक हित र अधिकारको निम्ति अगाडी बढिरहने प्रतिबध्दता ब्यक्त गर्दै आफुलाई अत्याधिक मतले विजयी गराउनु हुन सम्पूर्ण नेपालीहरु तथा एनआरएनए अभियान्तहरुलाई हार्दिक अपील समेत गरेका छन् ।

२०७८ बैशाख १५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।