भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प

|

भारत (एजेन्सी )। आज बिहानै भारतको असममा भूकम्प गएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको महशुस दुईपटक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण बिजुली बन्द भएको छ । भूकम्पले घरहरुमा क्षति पुगेको जनाईएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी नेपालका केही स्थानमा समेत महशुस गरिएको छ।

२०७८ बैशाख १५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।